१० औं वार्षिकोत्सव
December 13, 20230
हार्दिक कृतज्ञता एवं आभार
युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)द्वारा प्रवर्धित युआरएल फाउन्डेसनले युआरएलको १० औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको लाइफ टाइम एचिभमेन्ट अवार्ड तथा राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार समर्पण समारोहलाई गरिमामय बनाइदिनुहुने प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति श्री प्रा. डा. केदारभक्त माथेमासहित सबै अतिथि, चिकित्सक, सेवाग्राही र शुभचिन्तकप्रति हामी आभारी छौं । लाइफ टाइम एचिभमेन्ट अवार्डबाट विभूषित हुनुभएका चिफ कन्सल्टेन्ट फिजिसियन प्राडा बुद्धिबहादुर थापा र राष्ट्रिय स्वास्थ्य पुरस्कारबाट अभिनन्दित श्री दीपेन्द्र श्रेष्ठ दुवैलाई हार्दिक बधाई ज्ञापन गर्दै उहाँहरुको सुस्वास्थ्य, दीर्घायू, उत्तरोत्तर प्रगतिको कामना गर्दै उहाँहरुबाट समाजले प्रेरणा लिन सक्ने नमूना कार्यसम्पादन जारी रहोस् भन्ने अपेक्षा गर्दछौँ । सेवाको १० वर्षको अवधिमा देशकै लोकप्रिय र गण्डकी प्रदेशको अग्रणी र पहिलो ल्याब बन्न सफल युआरएलको सेवालाई थप युगानुकूल बनाउँदै सामाजिक उत्तरदायित्वका थप काम गर्दै स्वास्थ्य प्रयोगशाला क्षेत्रमा गण्डकी प्रदेशलाई आत्मनिर्भर बनाउने प्रण गर्दछौं ।
ठाकुरप्रसाद पन्थ
अध्यक्ष एवं
युआरएल फाउन्डेसन नेपाल तथा
युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) परिवार